-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सिरहा । सिरहामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन् ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका-९ भगवानपुर टोलमा मंगलबार राति करिब १०ः३० बजे परेको चट्याङका कारण उक्त घटना भएको हो ।
प्रहरीका अनुसार करिब ३० वर्षीया रञ्जितादेवी सदाको घटनास्थलमै मृत्यु भएको हो ।
उनको शरीरमा बाह्य चोटपटक खासै नदेखिए पनि चट्याङको प्रभावले ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनामा उनका श्रीमान् ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन् ।
उनको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेकाे छ ।
घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ ।
चट्याङसँग सम्बन्धित घटनाहरू बढ्दै गएको भन्दै सतर्क रहन स्थानीयवासी लाई अनुरोध गरिएको छ ।