सुर्खेत । कर्णाली प्रदेश सभाको सचिवमा डा. अर्जुनबहादुर खड्का नियुक्त भएका छन् । नवनियुक्त सचिव अर्जुनकुमार खड्काले पद तथा गोपनियताको शपथ लिएका छन् ।
मंगलबार प्रदेशसभा सचिव नियुक्त भएक खड्कालाई कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पद तथा गोपनियताको शपथ गराईन् । सचिव खड्काले पदभार मंगलबार नै पदभार ग्रहण गरेका हुन् ।
सचिव खड्काको सपथ ग्रहण समारोहमा कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेललगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कर्णाली प्रदेशसभाका नवनियुक्त सचिव खड्का नेपाल सरकारका पूर्व सहसचिव हुन् ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-९, का स्थायीबासी खड्कासंग संघीय संसद् सचिवालयमा पाँच वर्ष कानूनी सहसचिव भएर काम गरेका थिए ।
खड्कासँग कानून र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ ।
नवनियुक्त सचिव खड्कालाई मुख्यमन्त्री कँडेलले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
प्रदेश सभा सचिवालयका कर्मचारीले खड्कालाई स्वागत गरेका छन् ।
कर्णाली प्रदेश सभाका तत्कालीन सचिव जीवराज बुढाथोकीले ६५ वर्ष उमेर पुगेसँगै चैत २५ गते राजीनामा दिएका थिए ।