arrow

संसद् अधिवेशन वैशाख २८ गतेदेखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
sasmit-pokharel-83-1-22.jpg

काठमाडौँ । बालेन सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले यही वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए । 

यसअघि संसद आह्वान गरेर पनि अर्को दिन नै स्थगितका लागि सरकारले राष्ट्रपतिसँग सिफारिस गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संसद बैठक स्थगित गरेका थिए । 

सरकारले संसद बैठक स्थगित गरेर विभिन्न अध्यादेश ल्याएको छ । तीव्र गतिमा काम गर्ने नाममा सरकारले संसद बैठक छलेर अध्यादेश ल्याएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ