काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार बैठक बिहान १०:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो।
आजै अपराह्न सुरु हुने सङ्घीय संसद्को बजेट अधिवेशन र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सन्दर्भमा यो बैठकलाई महत्वपूर्ण मानिएको छ। बैठकमा सरकारका नीतिगत निर्णयहरू र सदनमा पेस गरिने विभिन्न अध्यादेशहरूबारे छलफल हुने सम्भावना छ।