arrow

प्रतिनिधि सभाका नवनियुक्त सचिव अधिकारीले लिए पद तथा गोपनीयताको शपथ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
saphat-sachib-samsad.jpg

काठमाडौँ । नवनियुक्त सङ्घीय संसद सचिवालयका सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा आयोजित समारोहमा सभामुख डोलप्रसाद अर्यालले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका थिए ।

संखुवासभाको खाँदबारी नगरपालिका-३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् ।

सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त पदमा अधिकारीको नाम सिफारिस गरेका थिए ।

संवैधानिक तथा कानूनी व्यवस्थाअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवलाई सम्बन्धित सदनका सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त तथा पदमुक्त गर्ने व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ