arrow

निरन्तर ओरालो यात्रामा नेप्से, बिहीबार पनि घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव शून्य सात अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव १७ मा सिमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर चार सय ६७ दशमलव २० मा सीमित भएको हो ।

आज तीन सय ३७ कम्पनीको ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर रु तीन अर्ब २९ करोड दुई लाख ४४ हजार छछ सय १९ मूल्यमा खरिद बिक्री भएको छ । 

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल नेपाल, युनियन हाइड्रोपावर र माउण्टेन इनर्जी नेपाल शीर्ष स्थानमा छन् । 

आज युनियन हाइड्रोपावर, क्रेस्टमाइक्रो लाइफ इन्स्योरेन्स, एनआईबीएल स्टेबल फण्ड, एनएमबी हाइब्रिड फण्ड र हिमालयन-८० का लगानीकर्ताले कमाएका छन् । 

त्यस्तै, एसियन हाइड्रोपावर, हिमालयन इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, रिजलाइन इनर्जी र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ