arrow

कोशीको नवौँ अधिवेशन बुधबारदेखि, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
koshi-province-05-02.jpg

विराटनगर। कोशी प्रदेश सभाको नवौँ अधिवेशन भोलि जेठ ६ गतेदेखि शुरू हुँदैछ । दिउँसो ३ बजे विराटनगर महानगरपालिका-७ स्थित वीरेन्द्र सभा गृहमा बस्ने बैठकको तयारी प्रदेश सभा सचिवालयले गरिरहेको छ ।

कोशी प्रदेश सभाको विराटनगरस्थित भवन जेनऔजी आन्दोलनका क्रममा आगजनीपछि ध्वस्त बनेपछि प्रदेश सभा सचिवालय हाल कटहरीबाट सञ्चालन हुँदै आएको छ ।

सचिवालय भवनमा बैठक सञ्चालनको पर्याप्त तयारी नभएकाले यसपटक पनि वीरेन्द्र सभागृहबाटै अधिवेशन सञ्चालन गर्न लागिएको हो । यसअघिको अधिवेशनसमेत सोही सभा गृहबाट सञ्चालन गरिएको थियो ।

यसैबीच, कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पर्सि जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा केही नवीन तथा जनमुखी योजनालाई प्राथमिकतामा राखिएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ