arrow

मदिरा बोकेको ट्रक दुर्घटनाग्रस्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
truck-accident-83-2-7.jpg

दाङ । लमही–घोराही सडकखण्ड अन्तर्गत दाङको लमही नगरपालिका–५  स्थित बेलदमारको ओरालोमा बिहीबार मालवाहक ट्रक दुर्घटना भएको छ । 

दिउँसो लु १ ख ८२५८ नम्बरको मालवाहक ट्रक दुर्घटना भएको हो । रुपन्देहीबाट तुलसीपुरतर्फ मदिरा बोकेर जाँदै गरेको ट्रक ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

ट्रकमा चालक मात्रै रहेका र चालक सकुशल रहेको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ