arrow

प्रतिनिधि सभामा हर्कको माग

कि त प्रधानमन्त्री बोलाउनुस्, होइन भने मलाई निष्कासन गर्नुस्- हर्कराज राई [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १३ बुधबार
harka-parliament.jpg

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन्। 

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष राईले नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न सभामुखलाई आग्रह गरेका हुन्।

सभामुखलाई सम्बोधन गर्दै राईले लामो समयदेखि आफूहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आए पनि सभामुखबाट प्रभावकारी ‘रुलिङ’ हुन नसकेकोमा कडा असन्तुष्टि व्यक्त गरे। 

उनले सदनको गरिमा कायम राख्नका लागि प्रधानमन्त्रीलाई सदनमा ल्याउनुपर्ने, अन्यथा नियमावलीको नियम ३१ को उपनियम (१) प्रयोग गरी आफूलाई सदनबाट निष्कासन गर्न चुनौती समेत दिए।

बैठकमा आक्रोशित मुद्रामा प्रस्तुत भएका अध्यक्ष राईले भने, "प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ (१) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरी सदनको गरिमा बढाइदिनुहुन म अनुरोध गर्दछु। कि त प्रधानमन्त्रीज्यूलाई यहाँ बोलाइदिनु पर्यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो।"

राईले सभामुखको कार्यगत बाध्यता र परिस्थितिप्रति आफू जानकार रहेको भए पनि नियमको पालना नहुँदा सदनको मर्यादामा गम्भीर आँच पुगेको टिप्पणी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ