प्रमुख प्रतिपक्षको विरोधपछि प्रदेशसभाको बैठक अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १३ बुधबार
711
Shares
काठमाडौँ । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधका कारण आज पनि अवरुद्ध भएको छ।
सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन गर्दै जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूलाई बोल्ने समय दिएका थिए। तर उनी हुनासाथ प्रमुख प्रतिपक्ष दल विरोधमा उत्रियो।
सोही क्रममा प्रमुख प्रतिपक्ष दल नेकपाका सांसद राजेन्द्र राई ड्यासतर्फ प्रवेश गर्न लागेपछि उनलाई मर्यादापालकहरूले रोकेका थिए।
यसरी परिस्थिति प्रतिकूल बनेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगन गरेका थिए। उक्त स्थगित बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन।
सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असहमति जनाउँदै हिजोदेखि नै प्रमुख प्रतिपक्ष दलले बैठक अवरुद्ध गर्दै आएको छ।