arrow

स्वेच्छिक रूपमा सामाजिक सुरक्षा भत्ता त्याग्न अभियान चलाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
budget-swornim-wagle-15-02.jpg

काठमाडौँ। सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न अभियान चलाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।

अर्थमन्त्री वाग्लेले भने,‘सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौँ । आर्थिक रुपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सक्नेले छोडौँ नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ ।’

यस्तो योगदानलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय योगदानको ऐक्यवद्धताका रुपमा सम्मान गरिने भएको छ ।

यसैगरी उनले देशैभरीका दलित बालबालिकालाई उपलब्ध गराएको बालपोषण भत्तालाई दोब्बर गरेको बताए ।

उनले भने, ‘देशभरिका दलित बालबालिकालाई उपलब्ध गराएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक एक हजार रुपैयाँ बनाएको छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ