arrow

शिक्षा क्षेत्रका लागि दुई खर्ब १८ अर्ब ३० करोड विनियोजन

विद्युतको उत्पादन, प्रशारण र व्यापारका लागि छुट्टाछुट्टै कम्पनी बनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
school-student-ktm.jpg

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि दुई खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि दुई सय १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

साथै सरकारले नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ ।

अर्थमन्त्री वाग्लेले प्राधिकरणलाई उत्पादन, प्रसारण र व्यापार गरी तीन अलग कम्पनीमा रूपान्तरण गरिने घोषणा गरेका हुन् ।

उनले विद्युत् क्षेत्रलाई थप प्रतिस्पर्धी र व्यवस्थित बनाउन यस्तो संरचनात्मक सुधार अघि सारिएको बताए ।

साथै निजी क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न सहभागी गराइने उनले उल्लेख गरे ।

अर्थमन्त्री वाग्लेले प्राधिकरण पुनर्संरचनासम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गरिएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ