arrow

स्वास्थ्य क्षेत्रमा एक खर्ब एक अर्ब ९५ करोड विनियोजन, बीमामा १५ अर्ब

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
budget-swornim-wagle-15-02.jpg

काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रमा एक सय एक अर्ब ९५ करोडबजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन्।

उनले यसमध्ये स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन गरिएको बताए ।

उनले विपन्न नागरिकको उपचार, आमा सुरक्षा कार्यक्रम, नि:शुल्क औषधिलगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि १३ अर्ब १५ करोड विनियोजन गरेको जानकारी दिए ।

रोगको बद्लिँदो प्रकृति र भार एवं लागत प्रभावकारीताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्ने उनले जानकारी दिए ।

उनले भने,‘विपन्न नागरिकको उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधिलगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि १३ अर्ब १५ करोड विनियोजन गरेको छु। रोगको बद्लिँदो प्रकृति र भार एवं लागत प्रभावकारीताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौँ ।’

बजेटमार्फत देशभर निर्माणाधीन ३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

निर्माण सुरु नभएका अस्पतालहरूको वैज्ञानिक नक्सांकन तथा पूर्वतयारी कार्य अघि बढाइने र त्यसका लागि पाँच अर्ब ९० करोड रुपैयाँ छुट्याइएको छ ।

दूरदराजका क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशमा टेलिमेडिसिन सेवा विस्तार गरिने भएको छ । मधेस प्रदेश अस्पतालमा मिर्गौला उपचार सेवा तथा ट्रमा सेन्टर सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गर्ने व्यवस्था पनि सरकारले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ