मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न नेता केसीको माग
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
510
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
बैठकमा बोल्दै नेता केसीले जेन–जी आन्दोलनको घटनाको छानबिनको विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए। उनले जेन–जी आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गरी संसद्का सबै सदस्यहरूलाई उपलब्ध गराउन समेत सरकारको गम्भीर ध्यानाकर्षण गराए।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भदौ २४ गते देशमा घटेको विध्वंशात्मक घटनालाई उक्त प्रतिवेदनले पूर्ण रूपमा बेवास्ता (ब्ल्याकआउट) गरेको आरोप लगाए। उक्त घटनाको निष्पक्ष छानबिनका लागि तत्काल अर्को नयाँ आयोग गठन गर्नुपर्ने उनको माग छ।
“२३, २४ को जेन्जी आन्दोलनपछिको गौरी बहादुर कार्कीको जुन प्रतिवेदन छ, त्यो औपचारिक रुपमा प्रकाशित हुन सकेको छैन । त्यो औपचारिक रुपमा प्रकाशित हुनु पर्दछ र सांसदका प्रत्येक सदस्यले हातहातमा पाउनुपर्दछ । २४ गतेलाई कार्कीजीको प्रतिवेदनले ब्ल्याकआउट नै गरेको हामीले बुझेका छौँ । २४ गते देशमा जुन खालको विध्वंशात्मक घटना घटयो, त्यो घटनाको छानविनका लागि निष्पक्ष तत्कालै आयोग बनाउनुपर्दछ र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजानु पर्दछ ।”