arrow

डलर र युरोको भाउ बढ्दा यस्तो छ आजको बजार मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
foreign-exchange-always-25.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मङ्गलबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ तालिका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा कायम गरिएको छ।

युरोपियन देशहरूको साझा मुद्रा युरो र बेलायती पाउण्डको मूल्यमा पनि सामान्य फेरबदल भएको छ। आजका लागि युरो एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३६ पैसा तोकिएको छ। त्यस्तै, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २४ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०५ पैसा कायम हुँदा स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।

अन्य देशको मुद्राको विनिमय दर यस्तो छ:
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ ३० पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११० रुपैयाँ १४ पैसा तोकिएको छ। यस्तै, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा कायम हुँदा जापानी येन १० को खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा कायम भएको छ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा उल्लेख छ। खाडी मुलुकतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५८ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४७ पैसा तोकिएको छ।

छिमेकी राष्ट्र भारतको हकमा भने भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ