arrow

प्रतिनिधि सभा बैठक पुनः अवरूद्ध

बैठक १५ मिनेटका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
parliament-abarodh-083-.jpg

काठमाडौँ  । प्रतिनिधि सभाको सोमबारको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले आज पनि अवरोध गरेका छन्। ढिला गरी सुरु भएको बैठक बस्नसाथ विपक्षी दलका सांसदहरूले आफ्नो सिटबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।

विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले संसद्को रोस्ट्रमबाट नेपाल–भारत सीमासम्बन्धी दिएको विवादित अभिव्यक्ति तत्काल संसद्को आधिकारिक रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले संसद् समक्ष माफी माग्नुपर्ने अडान राख्दै आएका छन्।

प्रतिपक्षको सोही अडान र विरोधका कारण संसद्को कार्यसूची अगाडि बढ्न नसकेपछि सभामुखले बैठक स्थगित गर्नुपरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ