arrow

पूर्वगोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्षमा नियुक्त, गौचनसहित चार जना बने बोर्ड सदस्य

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
bishal-shrestha-rakhepa.jpg

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष पदमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। 

लामो समय राष्ट्रिय टोलीको सदस्य रहेर खेल क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका श्रेष्ठ केही वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएर खेलकुद प्रशासनमा सक्रिय थिए। अब उनले नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको नेतृत्व तह सम्हाल्ने मौका पाएका छन्।

यसैबीच मन्त्रालयले राखेपको बोर्डमा विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले चार जना नयाँ बोर्ड सदस्यहरू पनि नियुक्त गरेको छ। नियुक्त हुनेहरूमा टेबलटेनिस खेलाडी सिक्का सुवाल, पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल (चेस) खेलाडी मोनालिसा खुम्बु र फुटबल खेलाडी पवन शाही रहेका छन्।

मन्त्रालयको यस कदमलाई खेलकुद प्रशासनमा अनुभवी र व्यावसायिक खेलाडीहरूको सहभागिता बढाउने सकारात्मक प्रयासका रूपमा हेरिएको छ। नवनियुक्त पदाधिकारीहरूले नेपाली खेलकुदको समग्र विकास, व्यवस्थापन र नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास खेल वृत्तले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ