गृहमन्त्री गुरुङले गरे चार डीआईजीको सरुवा, उपत्यकामा थपलिया
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
277
Shares
काठमाडौँ । नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। गृहमन्त्री सुधन गुरुङले शुक्रबार डीआईजीको सरुवा गर्ने निर्णय गरेका हुन्।
सरुवाअनुसार सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पठाइएको छ भने ओम अधिकारीलाई मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ।
यस्तै, मधेस प्रदेशमा कार्यरत गोविन्द थपलियालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत ओम रानालाई प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।
प्रहरी संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन डीआईजीहरूको जिम्मेवारी हेरफेर गरेको गृह मन्त्रालयले जनाएको छ।