मिति २०८३ असार ८ गते सोमबार, इस्वीसंवत जुन २२ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार शुद्धज्येष्ठशुक्लपक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्धज्येष्ठशुक्लपक्षको अष्टमी तिथि साँझमा ७ः४७ बजेसम्म त्यसपछि नवमी तिथि लाग्नेछ। नक्षत्रमा उत्तराफाल्गुनी दिनमा २ः५९ बजेसम्म त्यसपछि हस्ता नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा व्यतिपात २५ घटि ३३ पलासम्म त्यसपछि वरियान योग लाग्नेछ। करणमा भद्रा अहोरात्र रहनेछ । आनन्दादि योगमा श्रीवत्स रहनेछ।
सूर्य मिथुन राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३६ पला अर्थात १३ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः११ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ७ः०१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा १२ः२६ बजे र अस्ताउने समय राति १२ः०० बजे रहेको छ । आज वायु अष्टमी र गोरखकाली पूजा गर्ने दिन रहेको छ।
आजको राशिफल
मेषः आज चन्द्रमाको प्रभावले खर्चतर्फ ध्यान दिनुपर्ने अवस्था देखिन्छ र अनावश्यक खर्च बढ्ने सम्भावना रहन्छ। काममा अपेक्षा अनुसार परिणाम नआउँदा मनमा निराशा उत्पन्न हुन सक्छ। परिवारबाट सहयोग पाइए पनि आफ्नै सोचले तनाव बढाउन सक्छ। मन अशान्त रहन सक्ने भएकाले ध्यान र आराममा समय दिनु उपयोगी हुन्छ। नयाँ काम सुरु गर्न आजको दिन उपयुक्त मानिँदैन। आर्थिक निर्णय गर्दा राम्रोसँग विचार गर्नु आवश्यक हुन्छ। स्वास्थ्यमा कमजोरी वा थकान देखिन सक्छ। धैर्य र संयम अपनाउँदा अवस्था बिस्तारै सुधारतर्फ जाने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ।
वृषः आज चन्द्रमाको प्रभावले मन शान्त र स्थिर रहँदा दैनिक काममा ध्यान केन्द्रित गर्न सजिलो हुनेछ। लामो समयदेखि अधुरा रहेका कामहरू विस्तारै पूरा हुँदै जाने संकेत देखिन्छ। आर्थिक अवस्था सन्तुलित रहने भएकाले ठूलो चिन्ता लिनु पर्ने अवस्था रहने छैन। परिवारबाट प्राप्त सहयोगले आत्मविश्वास थप मजबुत बनाउनेछ। साथीभाइसँगको भेटघाटले मनलाई ताजगी र खुसी दिनेछ। नयाँ जिम्मेवारी सम्हाल्ने अवसर आएमा त्यसले अनुभव बढाउन मद्दत गर्नेछ। सानो यात्रा वा बाहिरको कामले दिनलाई सक्रिय बनाउनेछ। स्वास्थ्य सामान्य रहने भए पनि आरामलाई बेवास्ता नगर्नुहोला ।
मिथुनः आज चन्द्रमाको प्रभावले सोचमा द्विविधा उत्पन्न गराउन सक्छ र निर्णय लिन अलि गाह्रो महसुस हुन सक्छ। काममा अपेक्षित गति नआउँदा ढिलाइको अनुभव हुन सक्छ। आर्थिक पक्षमा खर्च बढ्न सक्ने भएकाले सोचेर खर्च गर्नु आवश्यक देखिन्छ। परिवारसँग सानो मतभेद देखिए पनि धैर्यपूर्वक कुराकानी गर्दा समाधान सम्भव हुन्छ। साथीभाइको सुझावले सही दिशा देखाउन सहयोग पुर्याउनेछ। मनमा अनावश्यक चिन्ता बढ्न सक्ने भएकाले सकारात्मक सोच आवश्यक हुन्छ। स्वास्थ्यमा थकान र मानसिक दबाब महसुस हुन सक्छ। महत्वपूर्ण काम अघि बढाउँदा स्थिति सुधारतर्फ जाने देखिएको छ।
कर्कटः आज चन्द्रमाको सकारात्मक प्रभावले काममा राम्रो प्रगति देखिनेछ र प्रयासको राम्रो परिणाम प्राप्त हुनेछ। नयाँ योजना अघि बढ्ने वातावरण तयार हुनेछ। आर्थिक लाभको अवसरले मनमा उत्साह थप्नेछ। आज परिवारमा खुसी र सौहार्दपूर्ण वातावरण कायम रहनेछ। साथीभाइसँगको भेटघाटले दिनलाई रमाइलो बनाउनेछ। नयाँ अवसरलाई सही तरिकाले प्रयोग गर्न सकिनेछ। सानो यात्रा वा बाहिरको कामले दिनलाई सक्रिय बनाउनेछ। आज तपाईंको स्वास्थ्य सन्तुलित रहने देखिएको छ।
सिंहः आज चन्द्रमाको प्रभावले मन निकै संवेदनशील बन्ने भएकाले सानो कुराले पनि गहिरो असर पार्ने देखिन्छ। काममा ध्यान दिन खोज्दा बीच–बीचमा भावनात्मक उतारचढावले ध्यान भंग गराउन सक्छ। परिवारसँग बसेर कुरा गर्दा मन हल्का हुँदै जाने अनुभूति हुनेछ। आर्थिक पक्ष सामान्य रहने भए पनि अनावश्यक खर्चतर्फ सचेत रहनु आवश्यक हुन्छ। साथीभाइसँग खुलेर आफ्नो कुरा राख्दा मानसिक बोझ कम हुनेछ। नयाँ योजना बनाउन मन लागे पनि तुरुन्त शुरू गर्नु भन्दा केही समय पर्खनु उचित हुन्छ। स्वास्थ्यमा थकान र आलस्य देखिन सक्ने भएकाले आराममा ध्यान दिनुपर्छ। धैर्य र संयम अपनाउँदा दिन सहज रूपमा अघि बढ्ने ग्रहगोचर छ।
कन्याः आज चन्द्रमाको अनुकूल प्रभावले आत्मविश्वास र उत्साह दुवै बढ्ने संकेत देखिन्छ। काममा राम्रो प्रगति हुँदै जाने र नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो देखिन्छ। परिवारसँग खुसी र मेलमिलापको वातावरण बन्नेछ जसले मन प्रसन्न बनाउनेछ। आर्थिक लाभका अवसरहरू देखा पर्दा उत्साह थपिनेछ। साथीभाइसँगको सम्बन्ध अझ सुदृढ बन्ने देखिन्छ। मन प्रसन्न रहँदा नयाँ योजना बनाउन सहजता महसुस हुनेछ। सानो यात्रा वा रमाइलो भेटघाटले दिनलाई थप आकर्षक बनाउनेछ। स्वास्थ्य राम्रो रहने भएकाले ऊर्जा उच्च रहने देखिएको छ।
तुलाः आज जिम्मेवारी बढ्दै जाँदा कामको चाप महसुस हुन सक्छ र मन अलि थाकेको जस्तो लाग्न सक्छ। चन्द्रमाको प्रभावले सोचमा अलमल देखिन सक्छ। आर्थिक पक्षमा सोचविचार गरेर खर्च गर्नु आवश्यक हुन्छ। परिवारसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ। नयाँ काम शुरू गर्न हतार गर्नु उचित मानिँदैन। साथीभाइसँगको कुराकानीले तनाव कम गर्न सहयोग पुर्याउनेछ। स्वास्थ्यमा कमजोरी देखिन सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुन्छ। धैर्य र संयमले काम गर्दा राम्रो परिणाम प्राप्त हुनेछ।
वृश्चिकः आज चन्द्रमाको अनुकूल प्रभावले भाग्यले राम्रो साथ दिने देखिन्छ र काममा सफलता प्राप्त हुनेछ। नयाँ अवसरले प्रगतिको बाटो खोल्ने संकेत देखिन्छ। आर्थिक लाभले मनमा खुसी र उत्साह थप्नेछ। परिवारबाट प्राप्त सहयोगले आत्मबल बढाउनेछ। मन उत्साहित र सकारात्मक रहनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। यात्राको योग बन्ने देखिन्छ जसले नयाँ अनुभव दिन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। दिन सुखद र सफल रूपमा बित्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
धनुः आज चन्द्रमाको प्रभावले केही सतर्कता अपनाउनु पर्ने अवस्था देखिन्छ। काममा अवरोध आउँदा ढिलाइ महसुस हुन सक्छ। आर्थिक निर्णय गर्दा सोचविचार गर्नु अत्यन्त आवश्यक हुन्छ। परिवारसँग सानो विवाद भए पनि धैर्यले समाधान निकाल्न सकिन्छ। मनमा चिन्ता र द्विविधा बढ्न सक्छ। नयाँ काम सुरु गर्न आजको दिन उपयुक्त मानिँदैन। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। संयम राख्दै अघि बढ्दा स्थिति नियन्त्रणमा आउनेछ। आजको दिन सामान्य रूपमा बित्ने ग्रहगोचर छ।
मकरः आज चन्द्रमाको प्रभावले सम्बन्ध सुधार हुँदै जाने र आपसी समझदारी बढ्ने देखिन्छ। साझेदारीमा गरिएको कामले राम्रो परिणाम दिनेछ। आर्थिक अवस्था सन्तुलित र सकारात्मक रहनेछ। परिवारसँग मेलमिलाप बढ्दा मन प्रसन्न रहनेछ। काममा ऊर्जा र उत्साह देखिनेछ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो देखिन्छ। काममा प्रगति हुँदै जानेछ। स्वास्थ्य राम्रो रहनेछ। दिन सफल र सन्तोषजनक रूपमा बित्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
कुम्भः आज काममा व्यस्तता बढ्दै जाँदा थकान महसुस हुन सक्छ र समय व्यवस्थापन आवश्यक देखिन्छ। आर्थिक पक्ष सामान्य रहनेछ। परिवारबाट सहयोग पाइने भएकाले मन हल्का हुनेछ। चन्द्रमाको प्रभावले मनमा केही तनाव देखिन सक्छ। स्वास्थ्यमा सानो समस्या देखिन सक्ने भएकाले ध्यान दिनु आवश्यक हुन्छ। धैर्यका साथ काम गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। साथीभाइसँगको कुराकानीले राहत दिनेछ। दिन सामान्य रूपमा अघि बढ्नेछ। आजको दिनको अन्त्यतिर केही सहजता महसुस हुनेछ।
मीनः आज चन्द्रमाको प्रभावले आत्मविश्वास बढ्दै जाने देखिन्छ। नयाँ काम सुरु गर्ने इच्छा बलियो बन्नेछ। काममा राम्रो सफलता प्राप्त हुने संकेत देखिन्छ। आर्थिक लाभका अवसरले उत्साह थप्नेछ। परिवारसँग खुसी र रमाइलो वातावरण बन्नेछ। साथीभाइसँग भेटघाट हुँदा मन अझ प्रसन्न हुनेछ। सकारात्मक सोचले दिनलाई ऊर्जा दिनेछ। स्वास्थ्य राम्रो रहनेछ। आजको दिन उत्साहपूर्ण र सफल रूपमा बित्ने ग्रहगोचर छ।
साइत (यात्रा): सूर्य मिथुन राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । त्यसैले पश्चिम र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः०७ बजेदेखि ६ः५१ बजेसम्म अमृत बेला
बिहान ६ः५१ बजेदेखि ८ः३५ बजेसम्म काल बेला
बिहान ८ः३५ बजेदेखि १०ः१९ बजेसम्म शुभ बेला
बिहान १०ः१९ बजेदेखि १२ः०३ बजेसम्म रोग बेला
मध्यान्हमा १२ः०३ बजेदेखि १ः४६ बजेसम्म उद्धेग बेला
दिनमा १ः४६ बजेदेखि ३ः३० बजेसम्म चर बेला
दिनमा ३ः३० बजेदेखि ५ः१४ बजेसम्म लाभ बेला
दिनमा ५ः१४ बजेदेखि ६ः५८ बजेसम्म अमृत बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः५८ बजेदेखि ८ः१४ बजेसम्म काल बेला
साँझ ८ः१४ बजेदेखि ९ः३० बजेसम्म शुभ बेला
राति ९ः३० बजेदेखि १०ः४६ बजेसम्म रोग बेला
राति १०ः४६ बजेदेखि १२ः०३ बजेसम्म उद्धेग बेला
राति १२ः०३ बजेदेखि १ः१९ बजेसम्म चर बेला
राति १ः१९ बजेदेखि २ः३५ बजेसम्म लाभ बेला
रातिमा २ः३५ बजेदेखि ३ः५१ बजेसम्म अमृत बेला
रातिमा ३ः५१ बजेदेखि ०५ः०७ बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।