करेन्ट लगाएर माछा मार्ने क्रममा २५ वर्षे सुन्दरको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
207
Shares
सुर्खेत । रुकुम पश्चिममा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मुसीकोट नगरपालिका-१ शहीद मैदानका २५ वर्षीय सुन्दर भण्डारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मुग्लुखोलामा ब्याट्रीमार्फत करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार भण्डारी गएराति एक साथीसँग ब्याट्री लिएर माछा मार्न गएका थिए। सोही क्रममा एक्कासि करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
घाइते भण्डारीलाई उपचारका लागि सल्ले अस्पताल ल्याइएको थियो।
अस्पतालमा उपचारका क्रममा चिकित्सकले बिहान करिब ३ बजे उनलाई मृत घोषणा गरेका थिए।