arrow

रवि–बालेनको अंकमालसँगै सकियो रास्वपाको बन्द सत्र, निर्वाचन तालिका फेरि संशोधन [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
ravi-balen-hug-83-3-9.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रथम महाधिवेशन सम्पन्न गर्न हम्मेहम्मे परेको छ । आजसम्म चल्ने भनी आइतबार ७ गते शुरू भएको तीन दिने महाधिवेशन कहिले सकिने भन्ने टुंगो छैन । 

पटक पटक कार्यक्रम संशोधन हुँदा समस्या आएको हो । निर्वाचन तालिका तेस्रो पटक संशोधन गरी सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो ।
 
तालिका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार साँझ ५ बजे महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको हो । 

अब तालिका अनुसार हुने भए बेलुकी ७ः०० बजे देखि ७ः३० बजेसम्म पार्टी सभापतिको उम्मेद्वारका लागि फारम वितरण गर्ने कार्यतालिका छ । 

पार्टी केन्द्रीय सदस्यका लागि ७ः३० बजे देखि ९ः३० बजेसम्म फारम वितरण र दर्ता  गरिनेछ । उनका अनुसार उम्मेद्वारको प्रारम्भिक नामावली राति  १०ः०० बजे प्रकाशन गरिनेछ । 

उम्मेद्वारविरुद्ध दाबीविरोध गर्न राति १०ः३० बजे सम्मको समय दिइएको छ । दाबी विरोध परेका उम्मेद्वारको जाँचबुझ राति ११ः०० बजेसम्म गरिने छ । राति ११ः१५ बजे उम्मेद्वारले निर्वाचन आयोगको सचिवालयमार्फत उम्मेद्वारी फिर्ता लिन सक्ने छन् ।  अन्तिम नामावली ११ः४५ बजे प्रकाशन गरिने उनले जानकारी दिए ।।
 
बुधबार बिहान पहिलो चरणको मतदान हुने केसीले बताए । मतदान सकिएको दुई घण्टापछि मत गणना गरी परिणाम घोषणा गरिने आयोगले जनाएको छ । पहिलो चरणको मत परिणाम घोषणा भएसँगै दोस्रो चरणको उम्मेद्वारी तथा अन्य थप कार्यतालिका प्रकाशन गरिने छ ।

यता, सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र साह बालेनबीच अंकमाल भएसँगै बन्द सत्र सकिएको छ । बन्द सत्र डेढ दिन ढिला गरी मंगलबार दिउँसो ३ः३० बजेदेखि शुरू भएको थियो । 

प्रधानमन्त्रीसमेत रहेका बालेन भने करिब अढाई घण्टा ढिला गरी बन्द सत्रमा आएका थिए । 

ravi-balen-hug-rsp-gm-83-3-9 (2).JPG
ravi-balen-hug-rsp-gm-83-3-9 (3).JPG
ravi-balen-hug-rsp-gm-83-3-9 (4).JPG
ravi-balen-hug-rsp-gm-83-3-9 (5).jpg
ravi-balen-hug-rsp-gm-83-3-9 (6).jpg
ravi-balen-hug-rsp-gm-83-3-9 (7).JPG
ravi-balen-hug-rsp-gm-83-3-9 (8).jpg
ravi-balen-hug-rsp-gm-83-3-9 (1).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ