-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ ओटा विद्युतीय सवारीसाधन आयात भएका छन्।
भन्सार विभागका अनुसार उक्त अवधिमा ५० किलोवाटदेखि २०१ किलोवाट क्षमतासम्मका विभिन्न प्रकारका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका हुन्।
विभागको तथ्याङ्कअनुसार ५० किलोवाट क्षमताका तीन हजार ६८० ओटा विद्युतीय सवारीसाधन आयात हुँदा त्यसबापत रु पाँच अर्ब ६५ करोड बराबरको कारोबार भएको छ।
त्यसैगरी, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका छ हजार ३५७ ओटा विद्युतीय सवारीसाधन आयात भएका छन्।
यी सवारीसाधनको कुल मूल्य रु १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रहेको विभागले जनाएको छ।
विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो आकर्षण र सरकारी प्रोत्साहनका कारण पछिल्ला वर्षहरूमा यस्ता सवारीसाधनको आयात निरन्तर बढ्दै गएको छ।