arrow

राष्ट्रिय सभामा सांसदहरूको प्रश्न– ‘जनताका समस्याको जवाफ कहिले आउँछ?’

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
upper-house-questions.jpg

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले वर्तमान सरकारले गरिब नागरिकलाई पीडा दिने काम मात्रै गरेको र जनताका जल्दाबल्दा समस्याको सम्बोधन नगरेको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्। बुधवार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सुशासनको कुरा गर्ने सरकार नागरिकका दुःख र जनप्रतिनिधिले उठाएका सवालप्रति अनुत्तरदायी बनेको आरोप लगाए। 

बैठकमा सांसद दुर्गा गुरुङले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा विस्थापित भई कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पीडादायी आश्रय लिइरहेका २८ वर्षीय डम्बर तामाङलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाइन्। आफ्नो पीडा र जीवनयापनका लागि याचना गर्दा नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक शासन र संविधानको मर्मविपरीत भएको उल्लेख गर्दै उनले तामाङलाई तत्काल रिहा गर्न सरकारसँग माग गरिन्।

यसैगरी, सांसद जयन्तिदेवी राईले संखुवासभाको सिदुवा खोलामा आएको भीषण बाढीले जनजीवन अस्तव्यस्त बनाउँदा पनि सरकार मूकदर्शक बनेको भन्दै आपत्ति जनाइन्। लगातार तीन दिन परेको वर्षाका कारण आएको बाढीले २८ घरपरिवार विस्थापित भएको र विद्युत् सेवा अवरुद्ध हुँदा ६ सय घरपरिवार अन्धकारमा बस्न बाध्य भएको उनले जानकारी दिइन्। सांसद राईले पीडामा परेका ती नागरिकलाई तत्काल राहत सामग्री उपलब्ध गराउन र सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइन्।

जनताका समस्या र संसद्मा सांसदहरूले उठाएका प्रश्नको सरकारले कुनै जवाफ नदिएको भन्दै बैठकमा असन्तुष्टि चुलिएको थियो। सांसद नरबहादुर विष्टले सुशासन र पारदर्शिताको नारा लगाउने सरकारले शून्य तथा विशेष समयमा जनप्रतिनिधिले उठाएका राष्ट्रिय सरोकारका विषयलाई बेवास्ता गरेको भन्दै प्रश्न गरे। जनताका जल्दाबल्दा समस्याको जवाफसमेत दिन नसक्ने सरकार कसरी जिम्मेवार हुन सक्छ भनी प्रश्न गर्दै उनले सदनमा उठाइएका प्रश्नहरूको जवाफ सरकारले कहिले दिन्छ भनी स्पष्टीकरण माग गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ