arrow

विश्वकपको प्रिक्वार्टरफाइनल समीकरण पूरा, को को पुगे ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २० शनिबार
wcf-2026-prequarterfinals-final.jpg

काठमाडौँ । विश्वकप फुटबलको अन्तिम ३२ को अन्तिम खेलमा घानालाई १–० ले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा पुगेसँगै प्रिक्वार्टरफाइनल समीकरण पूरा भएको छ ।  

खेलको १४ मिनेटमै कोलम्बियाले लिएको अग्रता प्रिक्वार्टरफाइनलमा पुग्न पर्याप्त भयो । जोन एरिआसले लुइस सुवारेजको पासमा गोल गरेका हुन् । 

यो खेलपछि प्रिक्वार्टरफाइनल समीकरण पूरा भएको छ ।  

अमेरिका, क्यानाडा र मेक्सिकोमा भइरहेको विश्वकप फुटबलमा अहिलेसम्म १५ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

पहिलो पटक ४८ टिमले सहभागिता जनाएको प्रतियोगितामा समूह चरणबाट १६ टिम बाहिरिएका थिए । समूहको पुछारमा रहने टिम र उत्कृष्ट आठभित्र पर्न नसक्ने तेस्रो स्थान ओगटेका चार टिम पहिलो चरणबाटै बाहिरिएका थिए । 

३२ टिम नकआउट चरणमा प्रवेश गरेकामा यो चरणबाट १६ टिम बाहिरिएका छन् भने १६ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

क्यानाडा, ब्रजिल, पाराग्वे, मोरक्को, नर्वे, फ्रान्स, मेक्सिको, इङ्गल्याण्ड, बेल्जियम, अमेरिका, स्पेन, पोर्चुगल, स्वीट्जरल्याण्ड, इजिप्ट, अर्जेन्टिना र कोलम्बिया प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो । ब्रजिलले जापानलाई २–१ ले हरायो । 

पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हरायो । 

त्यस्तै नर्वेले आइभरी कोष्टलाई २–१ ले पराजित गर्यो । 

फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्धतले स्वीडेनलाई ३–० ले पराजित गर्यो । 

मेक्सिकोले इक्वेडरलाई २–० ले हरायो । इङ्गल्याण्डले डीआर कंगोलाई २–१ ले हरायो । 

त्यस्तै बेल्जियमले सेनेगललाई ३–२ ले हरायो । अमेरिकाले बोस्निया एन्ड हर्जगोविनालाई २–१ ले पराजित गर्यो । 

त्यस्तै स्पेनले अष्ट्रियालाई ३–० ले हरायो । पोर्चुगलले क्रोएसियालाई २–१ ले हरायो । 

स्वीट्जरल्याण्डले अल्जेरियालाई २–१ ले हरायो । इजिप्टले अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो । 

अर्जेन्टिनाले केप भर्डेलाई ३–२ ले हरायो । र, कोलम्बियाले घानालाई १–० ले हरायो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ