arrow

राष्ट्रिय सभामा मन्त्रीहरूले जवाफ दिँदै [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार

काठमाडौँ । संघीय संसद् भवनमा राष्ट्रिय सभाको बैठक जारी रहेको छ। आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का विभिन्न शीर्षकमाथि भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने मुख्य कार्यसूची रहेको छ।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको विनियोजन शीर्षकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइनेछ। यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको पनि मन्त्रीले संसद्मा जवाफ दिने कार्यसूची छ।

यसैगरी बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिइनेछ। साथै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको तर्फबाट पनि सम्बन्धित मन्त्रीले संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ