arrow

प्रतिनिधि सभा

प्रतिनिधि सभामा विधेयक पारित गर्ने तयारी [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सङ्घीय संसद् भवनमा जारी छ। आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यक्रम छ भने व्यवस्थापनतर्फ विभिन्न १२ वटा कामहरू कार्यसूचीमा समावेश गरिएका छन्।

संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुन मन्त्री सोविता गौतमले 'सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३' माथि दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यसपछि उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गरी पारित गरियोस् भन्ने प्रस्तावसमेत मन्त्री गौतमले नै गर्ने तय भएको छ।

यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक' छलफलका लागि प्रस्ताव गर्नेछन् र यसलाई पनि आजै छलफल गरी पारित गर्ने तयारी छ। बैठकको सम्भावित कार्यसूचीमा सहकारी विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक समेत पारित गर्न प्रस्ताव गरिने उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ