काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको आज ८० औँ जन्मदिन । राजावादीहरूले उनको जन्मोत्सव मनाएका छन् ।
सो क्रममा शाही युवा शक्तिले रत्नपार्कमा र्याली निकालेको छ। रत्नपार्कबाट शुरू भएको र्याली जमल हुँदै पुनः रत्नपार्कमा आएर टुङ्गिएको थियो।
पूर्वराजा शाहको जन्मदिन मनाउन र शुभकामना दिन मंगलबार दिउँसो केही शुभेच्छुक तथा सर्वसाधारणहरू काठमाडौँको महाराजगञ्जस्थित निर्मल निवास पुगेका थिए। तर, यस पटक निर्मल निवासको गेट सर्वसाधारणका लागि खुला नगरिएकाले उनीहरू गेटबाहिरबाटै शुभकामना व्यक्त गरेर फर्किए ।
उपत्यका बाहिरका विभिन्न स्थानमा पनि जन्मोत्सव मनाइएको छ ।