arrow

बादलको संयोजकत्वमा गठित कार्यदलको बैठक बस्दै

निर्वाचन समीक्षा र पुनर्गठनको प्रतिवेदन तयार पारिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
yen-mahar-badal.jpg

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन गर्न गठित नेकपा (एमाले) को कार्यदलको बैठक आज बस्दैछ। 

पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा गठित उक्त कार्यदलको बैठक यसअघि असार २२ गतेका लागि तय गरिए पनि प्राविधिक कारणवश आजका लागि सरेको हो।

पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउन र विगतको निर्वाचनको वस्तुनिष्ठ समीक्षा गर्न यो कार्यदलले विभिन्न भूगोल, तह र कमिटीहरूबाट सुझाव सङ्कलन गरिरहेको छ। 

निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको परिणामको आन्तरिक कारण, सङ्गठनात्मक अवस्था र आगामी दिनमा लिनुपर्ने रणनीतिका बारेमा प्राप्त सुझावहरूलाई एकीकृत गर्ने काम भइरहेको कार्यदलले जनाएको छ।

आज बस्ने बैठकमा हालसम्म प्राप्त भएका सुझावहरूमाथि विस्तृत छलफल गरी प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी छ। 

कार्यदलले तयार पारेको यो समीक्षा प्रतिवेदन छिट्टै पार्टी नेतृत्व (केन्द्रीय कमिटी) लाई बुझाइनेछ, जसका आधारमा एमालेले आगामी सांगठनिक सुदृढीकरणको ठोस योजना तय गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ