प्रतिनिधि सभा अब मंगलबार बस्ने, राष्ट्रिय सेवा दल विधेयक पारित
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
274
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बैठक मंगलबार सम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसद बैठक आगामी असार ३० गते मंगलबार बस्ने गरी स्थगित गरिएको जानकारी दिएका हुन् ।
त्यसअघि राष्ट्रिय सेवा दल विधेयक बहुमतका आधारमा पारित भएको थियो । विधेयक पारित हुनुअघि दफाबार सैद्धान्तिक छलफल गरी प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्री सोविता गौतमले जवाफ दिएकी थिइन् ।