काठमाडौँ। रू रू जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा आठ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी गर्ने निर्णय गरेको छ।
कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले अन्य जलविद्युत कम्पनीहरूमा लगानी विस्तार गर्ने रणनीतिअनुसार पहिलो चरणमा म्याग्दी हाइड्रोपावरमा लगानी गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार रू रू जलविद्युतले म्याग्दी हाइड्रोपावरको प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका आठ लाख कित्ता साधारण शेयर खरिद गर्नेछ। यसका लागि कम्पनीले कुल आठ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ।
कम्पनीका अनुसार जलविद्युत क्षेत्रमा आफ्नो लगानीको दायरा विस्तार गर्दै दीर्घकालीन व्यावसायिक प्रतिफल हासिल गर्ने उद्देश्यले उक्त रणनीतिक निर्णय गरिएको हो।