arrow

सिटी एक्सप्रेस मनि ट्रान्सफरको २०औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
city-experss-blood-donation-july-2026.jpg

काठमाडौँ। सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १९ वसन्त पार गरेर २०औँ वर्षमा प्रवेश गरेको छ।  यही  २०औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा  मुख्य अभिप्राय “रक्तदान जीवनदान –हामी सबैको योगदान” भन्ने  मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।

सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यालयमा उल्लेखनीय सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो। साथै २० औँ वार्षिकोत्सवको अवसरमा  कम्पनीले वर्षको उत्कृष्ट कर्मचारीहरूलाई  पुरस्कृत पनि गरेको थियो। उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १९ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ