जलवीरेको पहिरो हटाइएसँगै मुग्लिन-नारायणगढ सडकमा दुईतर्फी सवारी सञ्चालन
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
241
Shares
चितवन । पहिरोका कारण अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्डमा दुईतर्फी सवारी आवागमन पुनः सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार बिहानैदेखि डोजर तथा अन्य उपकरण परिचालन गरी सडकमा बाँकी रहेको पहिरो हटाइएपछि बिहान ८ बजेदेखि सडक दुवैतर्फ सञ्चालनमा ल्याइएको हो।
यसअघि अविरल वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। निरन्तर प्रयासपछि सडक खुलाएर सवारी सञ्चालन सुचारु गरिएको सडक डिभिजनले जनाएको छ।
सडक डिभिजनले यात्रु तथा चालकलाई लेन अनुशासन पालना गर्न, ओभरटेक नगर्न र सीमित गतिमा सवारी चलाउन आग्रह गरेको छ।
साथै, निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्न सक्ने जोखिम रहेको भन्दै सतर्क भएर यात्रा गर्न अनुरोध गरिएको छ।