सुदूरपश्चिममा एमालेका चार मन्त्री बर्खास्त, अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा मुख्यमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
237
Shares
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै चार जना मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।
यसअघि मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा मागेका थिए ।
शाहले सरकारमै बसेर बजेटको विरोध गर्नु उपयुक्त नभएको भन्दै कि बजेट पारित गर्न सहयोग गर्न, कि सरकारबाट बाहिरिन वा समर्थन फिर्ता लिन विकल्प दिएका थिए ।
शाहले एमालेबाट मन्त्री बनेका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिरासिंह सार्की, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई बर्खास्त गरेका हुन् ।
अब अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा मुख्यमन्त्री शाह जुटेका छन् ।