arrow

साउन १५ सम्म राष्ट्रिय सभामा छुट्टी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
rastriya-sabha-singhadarwar-always.jpg

काठमाडौँ । राष्ट्रिय सभाको बैठक साउन १५ गते सम्मका लागि स्थगित भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सो जानकारी दिएका हुन् । 

उनले अन्तिममा राष्ट्रिय सभाको आगामी बैठक साउन १५ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने जानकारी दिएसँगै एकैछिन बैठकमा हाँसो गुन्जिएको थियो । 

त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र साह बालेनका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आव २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेकी थिइन् ।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ