प्रज्ञा प्रतिष्ठानहरूमा पदाधिकारी सिफारिस गर्न तीन समिति गठन, छ सदस्य मनोनित
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १ शुक्रबार
173
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले देशका तीन वटा प्रमुख प्रज्ञा प्रतिष्ठानहरूका पदाधिकारी तथा सभा सदस्यहरूको नाम सिफारिस गर्नका लागि गठित सिफारिस समितिका सदस्यहरू मनोनित गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री साहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ८ (१) (ख) बमोजिम सिफारिस समिति सदस्यमा काठमाडौँका नारायणप्रसाद ढकाल र ललितपुरकी अर्चना थापालाई मनोनयन गरेका छन्।
यसैगरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ८ (१) (ख) बमोजिम ललितपुरका बत्सगोपाल वैद्य र ललितपुरकै लोकबहादुर चित्रकारलाई सदस्यमा मनोनयन गरिएको छ।
साथै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ८ (१) (ख) अनुसार सिफारिस समिति सदस्यमा पाँचथरका लोचन रिजाल र कास्कीका अनुप बराललाई मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
यी गठित समितिहरूले आ–आफ्नो प्रज्ञा प्रतिष्ठानमा रहने नेतृत्व र कार्यसमितिका लागि उपयुक्त उम्मेदवारहरूको नाम अध्ययन गरी सरकार समक्ष सिफारिस गर्नेछन्।