एम्बाप्पेले रचे इतिहास, विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
938
Shares
काठमाडौँ । फ्रान्सका फुटबल कप्तान केलियन एम्बाप्पेले विश्वकप फुटबलमा सर्वाधिक गोलको कीर्तिमान बनाएका छन् । उनले अहिलेसम्म २२ गोल गरिसकेका छन् ।
इङ्गल्याण्डविरुद्ध विश्वकपको तेस्रो स्थानको भिडन्तमा दुई गोल गर्दै उनले यो विश्वकपमै १० गोल गरेर गोल संख्यालाई २२ पुर्याएका हुन् ।
एम्बाप्पेले अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको गोल संख्यालाई उछिनेका हुन् । मेस्सीले २१ गोल गरेका छन् ।
त्यस्तै मेस्सीले जारी विश्वकपमा आठ गोल गरेका छन् । मेस्सीले फाइनल खेल्न बाँकी नै छ । मेस्सीको यो अन्तिम विश्वकप हुनेछ भने एम्बाप्पे आगामी संस्करण खेल्न बाँकी नै छ ।
आजै राति विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै छन् । इङ्गल्याण्ड र फ्रान्सबीचको खेल अन्तिम चरणतिर पुगेको छ । खेलमा इङ्गल्याण्ड ४-३ ले अगाडि छ ।