arrow

गोलको वर्षा

विश्वकपमा इङ्गल्याण्डलाई तेस्रो स्थान,  फ्रान्स ६–४ ले पराजित, साकाको ह्याट्रिक, एम्बाप्पे बने सर्वाधिक गोलकर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
wcf-2026-eng-fra-3rdplace.jpg

काठमाडौँ । इङ्गल्याण्डले विश्वकप फुटबलमा तेस्रो स्थान ओगटेको छ । आज बिहान अमेरिकाको मायामीमा भएको खेलमा फ्रान्सलाई ६-४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो भएको हो ।   

मध्यान्तरसम्म इङ्गल्याण्डले चमत्कारी प्रदर्शन गर्दै ४–० ले अग्रता बनाएको थियो । तर मध्यान्तरपछि फ्रान्सले लगातर तीन गोल गर्दै अन्तर कम गर्यो । केलियन् एम्बाप्पेले २ तथा ब्राड्ली बार्कोलाले एक गोल गर्दै अन्तर कम गरेका थिए । 

तर ८७ औँ मिनेटमा बुकायो साकाले पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे ।  फ्रान्सका उस्मान डेम्बेलेले इन्जुरी समयको छैटौँ मिनेटमा र इङ्गल्याण्डका जुड बेलिङ्घमले इन्जुरी समयको आठौँ मिनेटमा गोल गरे । बेलिङ्घमको यो विश्वकपको सातौँ गोल हो । 

यसअघि खेलको तेस्रो मिनेटमा डिफेन्डर–मिडफिल्डर डेक्लान राइसको गोलबाट खाता खोलेको इङ्गल्याण्डले १८ औँ मिनेटमा अग्रतालाई दोब्बर गर्यो । 

डिफेन्डर इज्रि कोन्साले गोल गरेका हुन् । त्ससपछि मिडफिल्डर बुकायो साकाले दुई गोल गरे । उनले ३७ औँ मिनेट र मध्यान्तरको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे । 

मध्यान्तरअघिको खेलमा इङ्गल्याण्डबाट नियमित कप्तान ह्यारि केन र स्ट्राइकर जुड बेलिङ्घम मैदानमा प्रवेश गरेका थिएनन् । बेलिङ्घम अन्त्यतिर प्रवेश गरे भने केनले खेलेनन् ।

सेमिफाइनलमा फ्रान्स स्पेनसँग २-० ले र इङ्गल्याण्डसँग २-१ ले पराजित भएको थियो । तेस्रो स्थानको भिडन्तमा जारी विश्वकपकै एकै खेलमा सर्वाधिक १० गोल भएको हो । 

साथै यो विश्वकपमा फ्रेन्च कप्तान केलियन एम्बाप्पेले कीर्तिमान रचेका छन् । उनले एकै संस्करणमा १० गोल गरेका छन् । यो अहिलेसम्मकै उच्च हो । 

त्यस्तै उनले विश्वकपमा सर्वाधिक २२ गोल गरेका छन् । उनी पछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी रहेका छन् । मेस्सीले २१ गोल गरेका छन् । जारी विश्वकपमा मेस्सीले ८ गोल गरिसकेका छन् । 

विश्वकपको फाइनलमा राति पौने १ बजे अर्जेन्टिना र स्पेन भिड्ने छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ