arrow

विश्वकप फाइनलअघि मेस्सीको भावुक सन्देश

स्पेनविरुद्धको फाइनलअघि मेस्सीले लेखेको सन्देशमा के छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
wcf-2026-arg-eng-messi.jpg

काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनल खेलअघि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना सहकर्मी खेलाडी, प्रशिक्षक तथा समर्थकहरूप्रति एक भावुक सन्देश व्यक्त गरेका छन्। स्पेनविरुद्ध मैदान उत्रनुअघि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सन्देश साझा गर्दै मेस्सीले टोलीको सबैभन्दा ठूलो उपलब्धि उपाधि मात्र नभएर सँगै तय गरेको यात्रा भएको बताए।

आठ पटकका बालोन डीओर विजेता मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीलाई एउटा परिवारका रूपमा स्थापित गर्न भूमिका खेल्ने सबै सदस्यप्रति आभार प्रकट गरे। कठिन समयमा एकअर्कालाई साथ दिँदै र हरेक क्षणलाई रमाइलो बनाउँदै अघि बढ्नु नै टोलीको सबैभन्दा सुन्दर पक्ष भएको उनको भनाइ छ। उनले फाइनल खेलको नतिजा जे जस्तो भए पनि यो अर्जेन्टिनी टोलीले इतिहासमा कहिल्यै नमेटिने अमिट छाप छोडिसकेको स्पष्ट पारे।

अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनल भिडन्तमा साविक विजेता अर्जेन्टिनाले युरोपियन च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्दैछ। अर्जेन्टिना सन् १९६२ मा ब्राजिलपछि लगातार दोस्रो पटक विश्वकप जित्ने ऐतिहासिक लक्ष्यमा छ भने स्पेन सन् २०१० पछि पहिलो पटक विश्वकपको उपाधि उचाल्ने दाउमा छ।

यसअघि खेलिएका सेमिफाइनल खेलहरूमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको थियो, जसमा एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरेका थिए। अर्कोतर्फ, स्पेनले फ्रान्सलाई २–० को सहज नतिजामा पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको हो। फ्रान्सविरुद्धको खेलमा लामिन यामालले जिताएको पेनाल्टीलाई मिकेल ओयार्जाबालले गोलमा परिणत गरेका थिए भने पेड्रो पोरोले दोस्रो गोल थपेका थिए।

फाइनल खेलअघि दुवै टोलीका मुख्य प्रशिक्षकहरूले आ-आफ्नो रणनीति र तयारीबारे धारणा राखेका छन्। स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले दुवै टोलीको आक्रामक खेल शैली र प्रतिभाका कारण फाइनल खेल उच्चस्तरीय र रोमाञ्चक हुने विश्वास व्यक्त गरे।

यता अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले स्पेनको खेल शैलीको विस्तृत अध्ययन गरिएको जानकारी दिँदै उपाधि जित्न टोलीले आफ्नो उत्कृष्ट संस्करण प्रस्तुत गर्नुपर्ने बताए। ३९ वर्षको उमेरमा पनि अर्को विश्वकप फाइनलमा पुगेका मेस्सीको विशेष प्रशंसा गर्दै स्कालोनीले उनलाई फुटबल इतिहासकै महान् खेलाडी भएको उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ