काठमाडौँ जिल्ला अदालतको भारी ठूलो, साढे २६ हजार मुद्दा फैसला गर्न बाँकी
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
382
Shares
तस्बिर : फाइल
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा २६ हजार ४४५ मुद्दा फैसला गर्न सकेन । सो आर्थिक वर्षमा कुल ४६ हजार २७७ थान मुद्दा दर्ता भएकामध्ये १९ हजार ८३२ थान मुद्दा फैसला भएका थिए ।
गत भदौ २४ गतेको जेन-जी आन्दोलनका कारण अदालतमा रहेका मिसिलमा ठूलो क्षति पुग्न गएकाले मुद्दा फैसला गर्न ढिलाइ भएको अदालतका प्रमुख न्यायाधीश चुडामणि खड्काले जानकारी दिए ।
दुई हजार २३० थान मुद्दा जलेकामा १९० थान मुद्दा फेला पार्न बाँकी रहेको छ । अदालतमा गत मङ्सिर १४ गतेबाट नियमित सुनुवाइ भइरहेको छ ।