arrow

संसदीय सुनुवाइ समिति

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
samsadiya-sunwai-samiti-083.jpg

काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तद्वयको संसदीय सुनुवाइ आगामी साउन १२ र १३ गते हुने भएको छ। 

संवैधानिक परिषद्ले गत असार ११ गते प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तद्वयमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो।

समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार आज बसेको समितिको बैठकले साउन १२ गते आयुक्तद्वयको र साउन १३ गते प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ गर्ने कार्यसूची अनुमोदन गरेको हो। 

उक्त बैठकमा प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूले आफ्नो योग्यता, अवधारणा, सोच र अनुभव प्रस्तुत गर्नेछन्।

समितिले गत असार २५ गते सार्वजनिक सूचना जारी गरी उजुरी आह्वान गरेको थियो, जसअनुसार आजको बैठकमा प्राप्त उजुरीहरू खोलेर अध्ययनका लागि वितरण गरिएको छ। 

प्राप्त विवरण अनुसार प्रस्तावित आयुक्तद्वयको सम्बन्धमा कुनै पनि गुनासो वा सिकायत प्राप्त भएको छैन भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको विषयमा भने एउटा उजुरी परेको समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ