समस्याग्रस्त दुई सहकारीका एक सय २५ जनाले पाए पहिलो चरणको रकम
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
312
Shares
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाईँ हाम्रो सहकारीका साना बचतकर्ताहरूको बचत रकम फिर्ता गरेको छ। समितिको तथ्याङ्कअनुसार लालीगुराँस सहकारीका ३५ जना र तपाईँ हाम्रो सहकारीका ९० जना गरी कुल १२५ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्।
सरकारले समस्याग्रस्त सहकारी संस्थाको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्ताहरूलाई फिर्ता गरिएको जनाएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई प्राथमिकतामा राखी यो रकम वितरण गरिएको हो। यसरी नै आगामी दिनमा पनि बचतकर्ताहरूको रकमका आधारमा वर्गीकरण गरेर क्रमिक रूपमा बचत फिर्ता गर्दै लगिनेछ।
समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त हुने रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूको बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको समितिले जनाएको छ।