arrow

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन रोक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
mahakali-river.jpg

काठमाडौँ । महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेज पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भइरहेको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह उल्लेख्य रूपमा बढेको छ। आज बिहान नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतको निर्देशनमा सुरक्षा सावधानी अपनाउँदै सवारीसाधन सञ्चालनमा निषेध गरिएको हो। दिउँसो १:३० बजे गरिएको मापनअनुसार महाकाली नदीको जलस्तर बढेर १ लाख २४ हजार ४५४ क्युसेक पुगेको प्रहरीले जनाएको छ।

सुदूर पहाडमा अझै पनि वर्षा भइरहेकाले नदीमा पानीको बहाव थप बढ्न सक्ने जोखिम रहेको छ। यसलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले महाकाली नदी आसपासका तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले पनि आगामी केही दिनसम्म सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र यसले साना नदी, खोला तथा नालाहरूमा आकस्मिक बाढी ल्याउन सक्ने भएकाले विशेष सावधानी अपनाउन चेतावनी जारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ