arrow

एनएमबी बैङ्कद्वारा सात वटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
nmb-bank-pradesh-bachat-khata-july-2026.jpg

काठमाडौँ। एनएमबी बैङ्क लिमिटेडले नेपालका सात वटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सार्वजनिक गरेको छ। देशका विभिन्न क्षेत्रमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैङ्कले यो नयाँ बचत योजना ल्याएको हो।

एनएमबी बैङ्कले सात वटै प्रदेशका लागि सात वटा विशेष खाता योजना सुरु गरेको छ। जसअनुसार कोसी प्रदेशका लागि कोसी बचत खाता, मधेस प्रदेशका लागि मिथिला बचत खाता, बाग्मती प्रदेशका लागि बाग्मती बचत खाता, गण्डकी प्रदेशका लागि फेवा बचत खाता, लुम्बिनी प्रदेशका लागि बुद्ध भूमि बचत खाता, कर्णाली प्रदेशका लागि रारा बचत खाता र सुदूरपश्चिम प्रदेशका लागि खप्तड बचत खाता रहेका छन्।

डिजिटल बैङ्किङ र बचतलाई प्रोत्साहन गर्न यस योजनामा थुप्रै आकर्षक सुविधाहरू समावेश गरिएका छन्। ग्राहकहरूले पहिलो वर्षका लागि निःशुल्क मोबाइल बैङ्किङ, निःशुल्क इन्टरनेट बैङ्किङ र निःशुल्क भिसा डेबिट कार्डका साथै पहिलो वर्षका लागि निःशुल्क डिम्याट (डीईएमएटी) र मेरो शेयर खाता दर्ता सुविधा लगायत थप धेरै सुविधाहरू प्राप्त गर्नेछन्। यो बचत खाताको शुभारम्भमार्फत एनएमबी बैङ्कले देशका सबै क्षेत्रमा सहज, आधुनिक र डिजिटल बैङ्किङ सेवा पुर्‍याउने आफ्नो लक्ष्यलाई थप अगाडि बढाएको छ। बैङ्कले हाल देशभर १९८ शाखा, १७६ एटिएम र ९ वटा विस्तारित काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ