काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले घटेर २,७१२ दशमलव ५४ विन्दुमा झरेको छ।
बजारसँगै अन्य परिसूचकहरूमा पनि गिरावट आएको छ। ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव १० अङ्कले घटेर ४७० दशमलव ३१ मा, फ्लोट सूचक शून्य दशमलव ७७ अङ्कले घटेर १८५ दशमलव ८५ मा र सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५८ अङ्कले घटेर १५९ दशमलव ४३ मा पुगेको छ।
आज बजारमा विभिन्न कम्पनीका १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयरहरू ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैयाँमा खरिदबिक्री भएका छन्।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा उपसमूह बढेका छन् भने ११ वटा उपसमूह घटेका छन्। बजारमा आज ७७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ वटा कम्पनीको घटेको छ। साथै, ७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, भूगोल हाइड्रोपावर र साल्पा विकास बैंकका लगानीकर्ताहरूले कमाएका छन् भने एनसिसी डिबेञ्चर, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर र एनबिबिएल डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन्।