arrow

हस्तकला क्षेत्रसँग सरकारको सहकार्य बढाउने प्रधानमन्त्री साहको प्रतिबद्धता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
birendra-shakya-06-04.jpg

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र साहले नेपालको हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन र व्यवसाय विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिसँग भएको छलफलमा उनले हस्तकलासम्बन्धी नीति सुधार, कला संरक्षण, रोजगारी सिर्जना र पुस्तान्तरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका हुन्।

छलफलका क्रममा महासंघका प्रतिनिधिले वर्तमान सरकारले हस्तकला क्षेत्रलाई प्राथमिकतामा राखेको महसुस भएको भन्दै सरकारसँग आवश्यक सबै प्रकारको सहकार्य गर्न तयार रहेको बताएका थिए।

प्रधानमन्त्री साहले निजी-सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्ने प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्।

साथै, हाल महासंघले आफ्नै पहलमा मनाउँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय रूपमा मनाउने मागमा पनि उनले गृह मन्त्रालयसँग तत्काल समन्वय गर्न आफ्नो टोलीलाई निर्देशन दिएका छन्।

हस्तकला सामग्री निर्यातमा हालको स्वघोषणा प्रणालीको सट्टा बिजक मूल्यांकन लागू गर्ने सुझाव कार्यान्वयन गर्ने तथा निर्यातकर्ताले पाउनुपर्ने पाँच प्रतिशत प्रोत्साहन रकम तीन वर्षदेखि रोकिएको विषय समाधान गर्ने आश्वासन पनि उनले दिएका छन्।

यसैगरी उद्योग विभाग परिसरमा निर्माण भइसकेको सार्क हस्तकला विकास केन्द्रको भवन हस्तकला क्षेत्रकै प्रयोजनमा फिर्ता गर्ने, काठमाडौँ उपत्यकामा हस्तकला ग्राम स्थापना गर्ने, सातै प्रदेशमा सीप प्रशिक्षण केन्द्र सञ्चालन गर्ने र निर्माण व्यवसायीसँग सहकार्य गरी कलात्मक संरचना निर्माण गर्ने विषयमा समेत प्रधानमन्त्रीले सकारात्मक धारणा व्यक्त गरेका छन्।

महासंघले परम्परागत सीप र कलाको संरक्षण, हस्तकलाकर्मीलाई परिचयपत्र उपलब्ध गराउनुलगायतका माग पनि सरकारसमक्ष राखेको थियो।

छलफलमा महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा तथा निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ