arrow

दश जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
special-court.jpg
तस्बिर : फाइल

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कालीकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

पलाँता गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा बेल्केढुङ्गा लेखनबाडा वडा कार्यालय दुर्सी फागोटी सडक निर्माणका लागि रु ४० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट तोकिएकोभन्दा कम निर्माण गरी भ्रष्टाचार गरेको पाइएको आयोगले दाबी छ । 

विनियोजित बजेट दुरुपयोग गरी गराई भ्रष्टाचार गरेको अभियोगमा आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले पलाँता गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन र तत्कालीन सहायक लेखापाल मुनिप्रसाद प्याकुरेलविरुद्ध समान रु आठ लाख आठ हजार ६८० बराबरको बिगो मागदाबी गरेको छ । 

यस्तै, तत्कालीन सबइन्जिनियर विनोदकुमार बम र सबइन्जिनियर नन्दबहादुर सिंह, बेल्केढुङ्गा लेखनवाडा वडा कार्यालय दुर्सी फागोटी ग्रामीण सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलक्षिना बम र सचिव कमलबहादुर बमविरुद्ध समान बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । 

तत्कालीन उपाध्यक्ष दाना न्यौापाने र वडा नं ९ का वडाअध्यक्ष टक्कबहादुर बमविरुद्ध भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा २ बमोजिम कैद तथा जरिबानाको माग दाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ