देशका छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, एघार आंशिक सञ्चालनमा
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
195
Shares
काठमाडौँ । देशका विभिन्न भागमा गएको बाढीपहिरोका कारण छ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ११ वटा सडकखण्ड आंशिक रूपमा सञ्चालनमा रहेका छन्।
सडक विभागका अनुसार हालसम्म अवरुद्ध भएका ३३ वटा सडकखण्ड भने मर्मतपश्चात् पुनः सञ्चालनमा आइसकेका छन्।
विभागका महानिर्देशक विजय जैशीका अनुसार पहिरोका कारण अवरुद्ध भएका सडकहरू खुलाउन सम्बन्धित क्षेत्रमा डोजर, एक्साभेटर, लोडर लगायतका उपकरणहरू प्रयोग गरी तीव्र गतिमा पहिरो पन्छाउने र यातायात सुचारु गर्ने प्रयास जारी रहेको छ।