काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ।
आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।
लहानस्थित एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने प्रलोभन देखाएर कर अधिकृत पालले सेवाग्राहीसँग घुस लिएको अभियोग रहेको छ।
सूचना अधिकारी पोखरेलका अनुसार बरामद गरिएको घुस रकमको यकिन गर्न र यस विषयमा थप अनुसन्धान गर्न कर अधिकृत पालमाथि आवश्यक कारबाही अगाडि बढाइएको छ।