arrow

सत्याग्रहमा बसेका डा. केसीलाई धर्मशाला छाड्न पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
dr-kc--.jpg

काठमाडौँ ।  स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न ७ बुँदे माग राखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह थालेका डा. गोविन्द केसीलाई मन्दिर व्यवस्थापन समितिले ठाउँ छाड्न पत्र पठाएपछि कठिनाइ उत्पन्न भएको छ। 

यसअघि पनि सोही स्थानमा दुईपटक सत्याग्रह गरिसकेका डा. केसीले यस पटक पनि व्यवस्थापन समितिको अनुमति लिएरै सत्याग्रह सुरु गरिएको बताए पनि समितिबाट अचानक पत्र आएपछि उनीहरू अप्ठ्यारोमा परेका छन् र अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिएका छन्।

धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले भने डा. केसीले साधारण कोठामा बस्ने भनेर जानकारी गराए पनि पूर्वजानकारी बिना अनसन नै सुरु गरेको र धार्मिक संस्थामा अनसन बस्न दिएको भन्दै चौतर्फी दबाब आउन थालेपछि ठाउँ छाड्न पत्र पठाइएको स्पष्ट पारेका छन्। 

डा. केसीले सुदूरपश्चिमको कैलालीमा बन्न लागेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने प्रमुख मागसहित सत्याग्रह सुरु गरेका हुन् । तर त्यहाँका स्थानीय नागरिकहरूले भने उनले विश्वविद्यालयको स्थापनामा अवरोध सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ