arrow

रूस र चीनलाई इरानलाई हतियार बिक्री नगर्न ट्रम्पको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
trump-26-4-5.jpg

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रूसलाई इरानलाई हतियार बिक्री नगर्न चेतावनी दिएका छन् । उनले दुवै देशलाई यदि हतियार बिक्री गरेमा यो उनीहरूको हितमा नहुने चेतावनी दिएका हुन् । 

उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट आफूले अहिलेसम्म त्यस्तो नगरेको आश्वासन प्राप्त गरेको भन्दै यसप्रति आफू विश्वस्त रहेको बताए । 

“इरानसँग सम्बन्धित रूपमा प्रायः चर्चा गरिने दुई ठूला देश मेरो विचारमा यसमा संलग्न छैनन्,” राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल सञ्जालमा लेखेका छन् ।  

उनले भने, “यदि उनीहरूले त्यसो गरे भने उनीहरूका लागि यो निकै खराब हुनेछ । यो निश्चित रूपमा उनीहरूको हितमा हुँदैन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ